Sunday, January 3, 2021

आदर्श कम्युनिष्टको रुपमा सोनाम बाँचिरहने



 १८ पुष, २०७७  काठमाडौँ । कम्युनिष्ट आन्दोलनमा निष्ठा र आदर्श हराइरहेको बेला एउटा उज्यालो बत्तिको अभाव महशुसका साथ आदर्श कम्युनिष्टको रुपमा सोनाम स्मरणमा आइरहने बताइएको छ ।

पुष्पलाल अध्ययन समाजद्धारा सोनाम साथि (शशि शेरचन) को स्मृतिमा आयोजित शोक सभामा बोल्दै पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल लगायतका नेताले सो अनुभुति ब्यक्त गरेका हुन ।

कार्यक्रममा नेता खनालले सोनाम साथीको योगदान र सभ्यता सम्प्रेषण गर्न तथा उनलाइ अजर अमर राख्न आफू हरतरहले लागि पर्ने बताएका छन् । सोनामका क्याम्पस जीवन र राजनैतिक सहयात्राको स्मरण गर्दै उनले सोनामको द्वन्द्वात्मक भौतिकवाद प्रतिको अटुट विश्वास, सर्वहारावादी जीवन शैली र कम्युनिष्ट आचरणबारे सबैलाई सुुसूचित गराउन स्मृति ग्रन्थ प्रकाशनको प्रस्ताव राखेका छन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा सँधै सक्रिय सोनामको राजनैतिक जीवन अनुकरणीय भएको समेत खनालले बताएका थिए ।




कार्यक्रमका अर्का वक्ता नेकपा.(क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता चन्द्रप्रसाद गजुरेल (सिपी गजुरेल) ले सोनाम सदैव कम्युनिष्ट एकताको पक्षधर रहेको तथा क्रान्तिकारी विचार र व्यवहारका संवाहक रहेको बताएका थिए । जनयुद्धका बेला समेतको स्मरण सुनाउदै पछिल्ला दिनमा सोनामले डबल नेकपा छोडेर स्वतन्त्र रुपमा दर्जनौ अभियान चलाएको र सोनाम सबैको आदर्श व्यक्तित्व भएको बताएका थिए ।

कार्यक्रममा अतिथि वक्ता रहेका नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक समेत रहेका वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले कहिल्यै रीसाएर नबोल्ने शालिन व्यक्तित्व, सरलताका उदाहरण, सहि कम्युनिष्टका बिम्ब, विचार र सिद्धान्तलाई व्यवहारमा जोड्ने उत्प्रेरक तथा सत्ताका पछि दौडेर शक्तिको खेती नगरीकन बाँच्ने आदर्श व्यक्तित्वका रुपमा सोनामको पहिचान गराएका थिए ।

कार्यक्रमका अर्का वक्ता नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ उपाध्यक्ष लोकनारायण सुवदीले सबैका साथी सोनाम क्रान्तिका हुटहुटी हुनुहुन्थ्यो भन्दै सोनाम एक असल कम्युनिष्ट रहेको, क्रान्तिलाई बचाउने चिन्तामा व्यस्त रहेको, माक्र्सवादी दर्शनको गहिराइमा डुबेर विचार, सिद्धान्त र व्यवहारको उदाहरण देखाएको, औपचारिकता र पाखण्डपन नराख्ने सफा हृदय भएको तथा आदर्शलाई व्यवहारमा उतार्ने व्यक्तित्व भएको धारणा राखेका थिए । सोनामको निधनले निकै चोट पु¥याएको पीडा सुवेदीले भावुक हुँदै राखेका थिए ।



सो कार्यक्रमका अर्का वक्ता नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले आँखामा राखे पनि नबिझाउने मात्र होइन भन्दै दुखेको आँखाको औषधीका रुपमा सोनामलाई स्मरण गरेका थिए । सोनामका सपना धेरै रहेको व्याख्या गर्दै पुरीले त्यसलाई पुरा गर्न सबै लागि पर्नुपर्ने बताएका थिए । कार्यक्रममा नेकपा मालेका महेन्द्र शाहले सोनाम कम्युनष्टि आन्दोलनको उदाहरणका रुपमा स्मरणमा आइरहने व्यक्तित्व भएको बताएका थिए ।

कार्यक्रमका अर्का वक्ता वरिष्ठ अधिवक्ता एकराज भण्डारीले श्राद्धमा पुजारीले पराललाई पनि कुश बनाएर चलाएजस्तै राज्य चल्न खोजेको भन्दै सोनाम साथीको क्रान्तिकारी सादगीताको झन बढी स्मरण भएको बताएका थिए । सोनाम साथीको साथित्व स्मरण गर्दै बोलेका योजना आयोगका पुर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले मानवसमाजमै ठूलो गुन लगाएका सोनाम साथी शोषण र उत्पीडनका विरुद्ध अन्तिमसम्म लडिरहेको र सकेसम्म सम्प्रेषण गर्ने प्रयासमा रहेको बताएका थिए । उनले पुराना घटना स्मरण गर्दै हरेक निमेषमा उन्मुक्ति चाहाने महान अभियन्ताका रुपमा सोनामको स्मरण गरेका थिए । निकट परीवारजन र आफन्तका तर्फबाट आमन्त्रित वक्ता प्रान्ति शेरचनले सोनामको पारिवारीक पृष्ठभूमि, सर्वहारावादी आचरण र निष्ठाका बारेमा पुराना घटनाक्रमहरु उल्लेख गरेका थिए ।

सभापतित्व र समापनका क्रममा बोल्दै समाजका अध्यक्ष लोककृष्ण भट्टराईले पुष्पलाल, निर्मल लामा, बलराम उपाध्याय र सोनाम साथीहरुलाई सम्झने सो समाज राम्रा र असल सोनामको योगदान संस्थागत गर्न प्रतिबद्ध रहेको बताएका थिए । कार्यक्रममा समाजका उपाध्यक्ष वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले एमसीसी र नागरिकता विधेयक जस्ता राष्ट्रियताको मुद्धामा सोनामको अगुवाईको चर्चा गर्दै निष्ठावान राजनीतिज्ञको खडेरीले चिन्ता थपिएको बताएका थिए ।

विभिन्न राजनैतिक दलका केन्द्रीय सदस्यहरु र विभिन्न जिम्मेवारीका राजनैतिक कार्यकर्ता, प्रगतिशिल अभियानहरुमा आबद्ध अभियन्ताहरु तथा रामबहादुर भण्डारी, मोहनबहादुर केसी, मातृका पोखरेल, शंकर दुलाल, सरिता महर्जन लगायतका सोनामका पचासौँ निकट साथीहरुको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा समाजका सचिव तथा कार्यक्रम संचालक नीलकण्ठ तिवारीले लिपुलेकको नक्सा जनस्तरबाट सार्वजनिक गराउन, प्राङ्गारिक र व्यवसायिक उत्पादनलाई अघि बढाउन तथा समाजका दर्जनौँ सचेतना अभियानलाई अघि बढाउन सोनामले खेलेको भूमिका गहिरो छाप भएर बसेको बताएका थिए । सो कार्यक्रमको संयोजन सो समाजका उपमहासचिव मुकुन्द आचार्यले गरेका थिए ।


www.sansarnews.com बाट साभार 


बालसाहित्य समाजमा चुनावी रन्को : अध्यक्षमा ध्रुव र केदारको दाबी, महासचिवमा विजयराज र यशुको उम्मेद्वारी

 


काठमाडौं : नेपाल बालसाहित्य समाजको नेतृत्वका लागि डा ध्रुव घिमिरे र केदार श्रेष्ठको उम्मेद्वारी परेको छ। शनिवार दिउँसो समाजको कार्यालयमा दुबैले उम्मेद्वारी दर्ता गरेका हुन्।

यसअघिको कार्यसमितिमा महासचिव रहेका घिमिरेले यसपटक नेतृत्वको दाबी गरेका हुन्। घिमिरे प्राध्यापक एवं कथावाचक समाजका अध्यक्ष हुन्। यता श्रेष्ठ भने थिएटर मलका अध्यक्ष एवं बाल रंगमञ्चको विकास र उन्नयनमा सक्रिय थिएटर सेन्टर फर चिल्ड्रेनका नेपालका संस्थापक तथा कला निर्देशक हुन्। दुबै जना बाल साहित्यमा सक्रिय हुन्। बालसाहित्य उन्नयनका नेतृत्वमा दाबी गरेको दुबै अध्यक्षले बताएका छन्। घिमिरे पाका व्यक्ति हुन् भने श्रेष्ठ युवा पुस्ताबाट।

श्रेष्ठले समाजमा विकृति रहेको र उक्त विकृति हटाउने उल्लेख गर्दै युवाको नेतृत्व हुनेपर्ने दाबी पेश गरेका छन्।

यता उपाध्यक्षमा प्रमोद प्रधान र कृष्णदीप सिग्देलको उम्मेद्वारी परेको छ। प्रधान वाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष हुन् भने सिग्देल कथावाचक समाजका उपाध्यक्ष। प्रधान र सिग्देल दुबै बाल साहित्यमा सक्रिय छन्।   

महासचिवमा विजयराज आचार्य र यशु श्रेष्ठको उम्मेद्वारी परेको छ। विजयराज वाल वाङ्मय तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष हुन् भने यशु कथावाचक समाजका महासचिव। यशु यसअघि बाल साहित्य समाजमा सचिवमा दोहोरिएका थिए। विजयराज र यशु दुबै जना बाल साहित्यमा सक्रिय छन्।

यता सचिव पदका लागि सूर्य बीसी र डा यादवी ढकालको उम्मेद्वारी परेको छ। दुबै जना बाल साहित्यमा सक्रिय छन्।

कोषाध्यक्षमा भने राजेन्द्रभक्त जोशीको एकल उम्मेद्वारी परेको छ। उनी यसअघिको कार्यकालमा पनि सोही पदमा थिए। एकल उम्मेद्वारी परेसँगै जोशी निर्विरोध निर्वाचित भएका छन्।

६ जना सदस्यका लागि ११ जनाको उम्मेद्वारी परेको छ। सदस्यमा उद्वव प्याकुरेल, एकाराम सिं, कृष्णराज सर्वहारी, मञ्जु ज्ञवाली, लालबहादुर भुजेल, विष्णुकुमार खत्री, शशी थापा, शान्ति सापकोटा, सजनी नौबागे, समन श्रेष्ठ र सुशीला प्रधानङ्गको उम्मेद्वारी परेको निर्वाचन समितिका संयोजक मातृका पोखरेलले जानकारी दिए।

कोषाध्यक्षबाहेक सबै पदमा निर्वाचन हुने देखिएको उनले बताए। 'आज नोमिनेसन भयो। कोषाध्यक्ष निर्विरोध छ। १४ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुन्छ। तैपनि कोषाध्यक्षबाहेक अरु पदमा प्रतिस्पर्धा हुने देखियो। यसले बाल साहित्यमा चासो रहेछ भन्ने देखाउँछ,' पोखरेलले भने।

१९५ जना आजीवन सदस्यले मतदानमा भाग लिने निर्वाचन समितिले जनाएको छ। मतदान माघ ३ गते काठमाडौंको बागबजारस्थित केन्द्रीय कार्यालयमा हुने निर्वाचन समितिका संयोजक पोखरेलले जानकारी दिए।

www.pahilopost.com बाट साभार 

११ पुष २०७७

‘म जलेको चिता’ उत्कृष्ट कृति

 




काठमाडौ । कवि टंकमणि अधिकारीद्धारा लिखित म जलेको चिता (कविता सङ्ग्रह) एक उत्कृष्ट कृति रहेको वरिष्ठ साहित्यकारहरुले बताएका छन् ।

बिहीबार उक्त कविता सङ्ग्रहको समिक्षा कार्यक्रममा यस्तो प्रतिक्रिया दिएका हुन् ।

कविता सङ्ग्रहबारे नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतमान प्रेक्षित उपाध्यायले समाजका विविध पक्षमा पुरै डुबेर यथार्थवाद, प्रगतिवाद एवं मानवतावाद झल्किने र हरेक दृष्टिकोणले उत्कृष्ट कृति आएको विचार राख्नुभयो ।

पुर्व मन्त्री एवं साहित्यकार शंकर कोईरालाले कवि टंकमणि अधिकारीले धेरै पहिले कृति प्रकाशन नगरि गोधुलि साँझमा गोठ आएको जनावरको संज्ञा दिनु भयो ।

धेरै पहिले आउनु पर्ने कृति ढिला आएको विचार राख्नु हुँदै ढिलै आए पनि समाजका हरेक मुद्दालाई केन्द्रमा राखि बेजोड प्रस्तुति र कल्पनासिलताको पराकाष्ठा कृतिमा पाएको बताउनु भयो ।

प्रा.डा.गोविन्दमान सिंह कार्कीले साहित्य क्षेत्रमा तहल्का पिट्नेखालको कृति रहेको बताउनु भयो ।

वरिष्ठ साहित्यकार कलानिधि दाहालले कविताले समाजका हरेक विकृति विसंगतिलाई ठाडो प्रहार गरेको र लेखन शैली समेत बेजोड रहेको उल्लेख गर्नु हुदै सुन्दर कृति ६५ वर्ष उमेर पुग्दा मात्र ल्याएर साहित्य क्षेत्रमा अपराध गरेको विचार राख्नु भयो । पहिले नै कृतिहरु प्रकाशन गर्नु पर्नेमा जोड थियो दाहालको ।

साहित्यकार तुलसी भट्टराईले कविताले ग्रामीण जनजीवनको विषयबस्तुलाई केन्द्रित गरि अत्यन्तै सुन्दर कृति ल्याएको विचार राख्नु भयो ।

‘म जलेको चिता’ कविता सङ्ग्रहका स्रष्टा टंकमणि अधिकारीले जीवनको लामो समय जागिरमा रहेको र जागिरबाट अवकाश हुनु पर्ने भएकोले कहिल्यै अवकास हुन नपर्ने पेशाकालागि साहित्यमा समय दिन लागेको विचार राख्नु भयो ।

कविता सङ्ग्रहका प्रकाशक परशुराम भण्डारीले कवि टंकमणि अधिकारीको कविताहरु पढ्दा प्रकाशन नगरीकन बस्नै सकिएन त्यसैले प्रकाशन गर्न अनुमति मागेको विचार राख्नु भयो ।

कार्यक्रममा श्रमिकका मुद्दाहरुलाई समेत कवितामा समेटेकोमा ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य, निवर्तमान अध्यक्ष खिलानाथ दाहाल र कार्यवाहक अध्यक्ष महेन्द्रप्रसाद यादवले धन्यवाद एवं मुक्तकाण्ठले प्रसंशा गर्नुभएको थियो । उक्त संग्रहमा ६५ वटा कविताहरु रहेका छन् ।

कार्यक्रमको सभापतित्व वरिष्ठ कवि मातृका पोखरेलले गर्नुभएको थियो । 


www.imagekhabar.com बाट साभार



कवि टंकमणि अधिकारीको कविता सङ्ग्रह विमोचन कार्यक्रम

कविको कटाक्ष : जंगबहादुर हुनुहुँदोरहेछ तपाईं ! - निर्भीकजंग रायमाझी

 



६ पुस, २०७७  काठमाडौं । आइतबार प्रधानमन्त्रीले संसद विघटन गरेलगत्तै कवि अर्जुन पराजुलीको हस्तलिखित एक छोटो कविताले सामाजिक सञ्जालमा तरंग ल्यायो । कवि पराजुलीको कवितामा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन तथा अन्य कदमलाई जति घृणा गरे पनि कम हुने भाव उल्लेख थियो ।

दुई दशकदेखि राजनीतिक कविता लेख्दै आएका पराजुलीले लेखेका छन्–

जंगबहादुर हुनुहुँदोरहेछ तपाईं

जुँगा उखेल्नु भो हजुरले जुगको

थुकौं भने पनि तपाईंलाई

अपमान हुने भयो मेरो थुकको !

पराजुलीमात्र होइन, राजनीतिक विषयमा कविता लैख्दै आएका अधिकांश कविहरूले प्रधानमन्त्रीको कदममाथि तीव्र कटाक्ष गरेका छन् । नेकपा समर्थित प्रगतिशील साहित्यकारहरूले नै केपी शर्मा ओलीको कडा आलोचना गरिरहेका छन् ।

कवि विनोदविक्रम केसीले गत वर्ष लेखेको ‘शासकले अन्ततः औकात देखाउँछ’ कविता आइतबार धेरैले सामाजिक सञ्जालमा राखे । विनोदविक्रमले संसारका सबै शासकहरू भ्रष्ट कामकै कारण खतम भएको थाहा हुँदाहुँदै पनि उनीहरूले आफ्नो औकात सधैं देखाउने भावको कविता लेखेका थिए ।

२०५१ सालमा तत्कालीन नेकपा एमालेबाट सांसद भएका चर्चित आख्यानकार नारायण ढकाल पनि प्रधानमन्त्री ओलीको कदमलाई पश्चगमनको संज्ञा दिन्छन् । पाँच दशक बढी समय बाम–आन्दोलनमा बिताएका ढकाल ओली सरकारको चर्तिकला देखेर छक्क पर्ने गरेको सुनाउँछन् ।

ढकाल भन्छन्, ‘जुवा खेल्न लागेको घप्पुबाजको चालमा प्रधानमन्त्री गएका छन् । जुन चालले हामी सबैलाई खाल्डोतिर धकेलेको छ ।’

लेखक ढकालले प्रधानमन्त्री र राष्ट्रपति मध्ययुगतिरका सन्की शासकजस्तै देखिएको बिम्ब ग्रयोग गर्दै संसद विघटनको विरोध गरे । उनले आफू यो कदमविरुद्ध उभिने बताउँदै सबै साहित्यकारलाई यसविरुद्ध उभिन आग्रह गरे ।

यता, शालीन कविको परिचय बनाएका विप्लव प्रतीकले भने प्रधानमन्त्रीको कदमले तानाशाहीको अनुहार आफ्नै युगमा देख्न पाइएको भन्दै व्यंग्य गरे । उनले भने, ‘ जो गद्दीनसीन थिए, पक्का थियो यिनले मुलुकलाई अधोगतितिर लैजान्छन् । आइतबारको कदमले यो सत्य बनेको छ ।’

कवि प्रतीकले केही महिनाअघि सरकारको गतिविधिमाथि व्यंग्य गर्दै ‘यो देशमा के भइरहेको छ र तँ के हेरेर बसिरहेको छस् ?’ शीर्षकको कविता लेखेका थिए । जुन कविता पछिल्लो समयमा सान्दर्भीक बनेको उनको अनुभव छ ।

चितवनकी कवि सरिता तिवारी पनि प्रधानमन्त्रीको कार्यले संसदीय गरिमाको हत्या गरेको बताउँछिन् । अधिवक्तासमेत रहेकी तिवारी भन्छिन्, ‘संसद विघटन आम मानिसलाई लोकतन्त्रप्रति वितृष्णा जगाउन सहायक बनेको छ । यसैले लेखक–कविहरू लोकतन्त्र बचाउमा केन्द्रित हुनुपर्छ ।’

पहिचानवादी उपन्यासकार राजन मुकारुङ प्रधानमन्त्रीको कदमलाई जति निन्दा गरे पनि कम हुने बताउँछन् । मुकारुङ व्यक्तिवाद हाबी भएर नै पछिल्ला संकट उत्पन्न भएको टिप्पणी गर्छन् । उनी भन्छन्, ‘प्रतिपक्षी पनि कमजोर बन्दै गएका बेलामा आम नागरिकसँगै लेखकहरूले पनि  प्रधानमन्त्रीको कुकार्यको विरोध गर्नुपर्छ ।’


आख्यानकार नयनराज पाण्डे भने कुनै पनि नेता र नेतृत्वको प्रशंसा गर्न नसकिने स्थिति रहेको मूल्यांकन गर्छन् ।  उनका अनुसार म नै राष्ट्र हो भन्ने दम्भ भएको नेतृत्व देशका लागि जहिले पनि घातक सिद्ध हुन्छ । पाण्डे थप्छन्, ‘अन्तिममा संसद विघटनसम्म गर्न लाज नमान्ने नेताको विरोध गर्न जनताले पनि लाज मान्नु हुँदैन । अझै लेखक–कविले त यसविरुद्ध निरन्तर आन्दोलन गनुपर्छ ।’

चितवन निवासी साहित्यकार रेशम विरही सरकारको कदम अलोकतान्त्रिक रहेको ठहर गर्छन् । लेखक विरहीले यस्तो अवस्थामा लेखक–साहित्यकारको कर्तव्य लोकतन्त्रको पक्षमा उभिनुपर्ने तर्क गर्छन् । कम्युनिष्ट पार्टीका पूर्वकार्यकर्ता रहेका लेखक विरही भन्छन्, ‘कम्युनिस्टको खोल ओढ्नुभएका ओलीजीको निहितार्थको पर्दाफास भइसकेको छ ।’

के भन्छन् लेखक संघका अध्यक्ष ?

प्रतिपक्षी दल नेपाली कांग्रेससमर्थित ‘नेपाली लेखक संघ’का अध्यक्ष रहेका मुकारुङले प्रधानमन्त्रीको कदम लोकतन्त्रमाथिको जुलुम भएको संज्ञा दिएका छन् । उनी भन्छन्, ‘यो गणतन्त्रमाथिकै प्रहार हो । यसले प्रत्येक नेपाली नागरिकको मानवीय गौरवको उपहास गरेको छ ।’

२०६२–६३ को आन्दोलनमा ‘बिसे नगर्चीको वयान कविता’ वाचन गरेका मुकारुङले सर्वसत्तावाद विरुद्ध साहित्यकारहरू एकजुट हुन आह्वान गरे । उनले भने, ‘यो विरोध प्रतिपक्षमा भएका लेखकले मात्र होइन, सबै प्रतिवद्ध स्रष्टाहरूको कर्तव्य हो । जसलाई स्रष्टाहरूले पूरा गर्नैपर्छ ।’ श्रवणले सरकारको विरोधमा आफू सडकमै आउन तयार रहेको खुलासा गरे ।

यस्तै नेपाली लेखक संघका सचिव सोझो गाउँलेले पनि प्रधानमन्त्रीको घातक कदमविरुद्ध उभिन सबै लेखकहरूलाई आग्रह गरे । गाउँलेका अनुसार संघले यो विषयमा छलफल गरेर धारणा राख्नेछ ।

सत्ता समर्थित प्रगतिशील लेखक संघ (प्रलेस)का अध्यक्ष जीवेन्द्रदेव गिरीले केही महिनाअघि अनलाइनखबरसँगको अन्तर्वार्तामा गिरीले गुण–दोषका आधारमा सरकारको विरोध या समर्थन गर्ने बताएका थिए ।  उनले भनेका थिए, ‘मान्छे हो, मान्छेले बाटो बिराउन सक्छ, त्यसैले उसलाई ठोकिरहन पर्छ ।’

तर, संसद विघटनको घटनाबारे प्रगतिशील लेखक संघका अध्यक्ष मौन बसेका छन् तर, प्रलेसका तर्फबाट उपाध्यक्षसहित ५० जनाले संयुक्त विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको कदमको विरोध गरेका छन् ।

यता, प्रगतिशील लेखक संघकै सल्लाहकार एवं पूर्वअध्यक्ष मातृका पोखरेल पनि प्रधानमन्त्रीको कदम राष्ट्रघाती रहेको भन्दै विरोध गर्नुपर्ने बताएका छन् । पोखरेलका अनुसार सबै स्रष्टाले लोकतन्त्र र विधिको शासनका लागि विगतमा जस्तै लड्नुपर्ने समय आएको बताए । उनले भने, ‘यो परिवर्तनमाथि धावा हो । यसविरुद्ध लेखकहरू कसरी आन्दोलनमा जाने भनेर सल्लाह गर्दैछौं ।’

प्रलेसकै पूर्वअध्यक्ष अमर गिरी पनि प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको बताउँछन् । गिरी भन्छन्, ‘यसले जनमतको अपमान मात्र गरेको छैन, कम्युनिस्ट आन्दोलनलाई पनि कमजोर बनाउने काम गरेको छ ।’

www.onlinekhabar.com बाट साभार 

प्रलेसका ५० साहित्यकार संसद विघटनको विपक्षमा




५ पुस, २०७७  काठमाडौं । कम्युनिस्ट पार्टीको निकट मानिने प्रगतिशील लेखक संघका केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, सदस्य र केन्द्रीय सल्लाहकार एवं राष्ट्रिय परिषद सदस्यहरू समेत ५० जना लेखक/साहित्यकारहरू संसद विघटनको विरुद्धमा उभिएका छन् ।

प्रतिगामी शक्तिहरूद्वारा गणतन्त्रमाथि नै हमला भइरहेका बेला गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षामा एक हुनुपर्नेमा उल्टै संसद विघटन गरिएको भन्दै प्रगतिशील लेखकहरूले प्रधानमन्त्रीको कदमको विरोध गरेका हुन्।

प्रलेसका केन्द्रीय उपाध्यक्ष गोपीरमण उपाध्याय, महासचिव समीर सिंह, सचिव प्रकाश थापामगर र बाबुराम आचार्यसहित ५० जना लेखकहरूले आइतबार संयुक्त वक्तव्य जारी गर्दै संसद विघटनको विरोध गरेका हुन् ।

प्रलेसको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारको अहिलेको कदमले नेपाली जनताको आशा र विश्वासमाथि गम्भीर चोट पुगेको छ । अप्रजातान्त्रिक तथा असंवैधनिक तरिकाले संसद विघटन गरिएको घटनाको हामी जोडदार रूपमा भत्सर्ना गर्दछौँ ।’

वक्तव्यमा हस्ताक्षर गर्ने लेखक, साहित्यकारहरू–

१. गोपीरमण उपाध्याय, उपाध्यक्ष

२. समीर सिंह, महासचिव

३. प्रकाश थापामगर, सचिव

४. बाबुराम आचार्य, सचिव

५. मातृका पोखरेल, सल्लाहकार

६. अमर गिरी, सल्लाहकार

७. रामप्रकाश पुरी, सल्लाहकार

८. डा. बिन्दु शर्मा, सल्लाहकार

९. प्रा.डा. श्रीधर गौतम, सल्लाहकार

१०. डा. कृष्णराज अधिकारी, सल्लाहकार

११. आरएम डङ्गोल, सल्लाहकार

१२. मिश्र बैजयन्ती, सल्लाहकार

१३. डा. पुष्करराज भट्ट, सल्लाहकार

१४. इन्द्र रेग्मी, सल्लाहकार

१५. भेषमान गिरी, सल्लाहकार

१६. डा. गोविन्द आचार्य, सल्लाहकार

१७. तेजेन्द्र प्रसाई, सल्लाहकार

१८. झगिन्द्र ढकाल पारस, सचिवालय सदस्य

१९. शालिकराम तिमिल्सिना, सचिवालय सदस्य

२०. गिरिप्रसाद बुढा, सचिवालय सदस्य

२१. जनक रसिक, सचिवालय सदस्य

२२. जगत प्रसाद रेग्मी, केन्द्रीय सदस्य

२३. इन्द्र लामा, केन्द्रीय सदस्य

२४. नारायण मरासिनी, केन्द्रीय सदस्य

२५. बम बानिया, केन्द्रीय सदस्य

२६. नरेश न्यौपाने, केन्द्रीय सदस्य

२७. मिन राना, केन्द्रीय सदस्य

२८. मधुकुमार क्षेत्री, केन्द्रीय सदस्य

२९. राममणि ढुङ्गेल, केन्द्रीय सदस्य

३०. राजेश विक, केन्द्रीय सदस्य

३१. प्रदीप प्रधान, केन्द्रीय सदस्य

३२. जीवन शाही, केन्द्रीय सदस्य

३३. ताराप्रसाद शर्मा, केन्द्रीय सदस्य

३४. कमल कार्की, केन्द्रीय सदस्य

३५. पुरु लम्साल, केन्द्रीय सदस्य

३६. बोधकुमार घिमिरे, परिषद् सदस्य

३७. सुवास खनाल, परिषद् सदस्य

३८. ताराबहादुर बुढाथोकी, परिषद् सदस्य

३९. कौशिला रिसाल, परिषद् सदस्य

४०. सुभास जिसी, परिषद् सदस्य

४१. हेमराज आश्रम, परिषद् सदस्य

४२. विजय राणा, परिषद् सदस्य

४३. बिनु केसी, परिषद् सदस्य

४४. केशवनाथ योगी, परिषद् सदस्य

४५. राम बसु, परिषद् सदस्य

४६. ऋतु केसी, परिषद् सदस्य

४७. ध्रुव गिरी, परिषद् सदस्य

४८. धर्मराज दानी, परिषद् सदस्य

४९. कल्पना पौडेल जिज्ञासु, परिषद सदस्य

५०. जगत् वाशिष्ठ, परिषद् सदस्य

www.onlinekhabar.com बाट साभार 

रमेश विकल साहित्य प्रतिष्ठानद्वारा स्रष्टाहरु पुरस्कृत

 दैनिक नेपाल

२०७७ पुष ४ गते












काठमाडौँ, ४ पुस । नेपाली साहित्यका विराट स्रष्टा रमेश विकलको स्मृतिमा स्थापित विविध पुरस्कार शनिवार वितरण गरिएको छ ।

रमेश विकल साहित्य प्रतिष्ठानले शनिवार गोकर्णेश्वर नगरपालिकास्थित प्रतिष्ठान परिसरमा एक कार्यक्रम गरी स्रष्टाहरुलाई पुरस्कार वितरण गरेको हो ।

प्रतिष्ठानले यस वर्षको विकल वाङमय साहित्य पुरस्कार वरिष्ठ भाषासेवी शान्तदास मानन्धरलाई प्रदान गरेको छ । यो पुरस्कारको राशी ३० हजार रुपैया रहेको छ ।

यसैगरी २० हजार रुपैया राशीको रमेश विकल सुशीला समाजसेवा पुरस्कार सीता पोख्रेल (अनाथाश्रम विराटनगर) लाई प्रदान गरिएको छ । रमेश विकल सृजना पुरस्कार साहित्यकार तथा सौन्दर्य चिन्तक आहुतीलाई दिइएको छ ।

साथै यस वर्षको रमेश विकल बालसाहित्य पुरस्कार बालसाहित्यकार प्रभा भट्टराई र रमेश विकल सुशीला नारी पुरस्कार मिठाइ देवी विश्वकर्मालाई प्रदान गरियो ।

रमेश विकलको कला प्रतिभालाई सम्मान गर्न स्थापित रमेश विकल कला संगीत पुरस्कार वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिएको छ । यी सबै पुरस्कारको राशी १० हजार रुपैया रहेको छ ।

वागमती प्रदेशका भौतिक योजना मन्त्री रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे लगायतले स्रष्टाहरुलाई पुरस्कार वितरण गरेका हुन् ।

प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा, पुरस्कृत स्रष्टाद्धय शान्तदास मानन्धर, हरिप्रसाद शर्मा, ललितकला प्रतिष्ठानका कुलपति तथा प्रतिष्ठानका उपाध्यक्ष के. के कर्माचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य तथा प्रतिष्ठानका उपाध्यक्ष हेमनाथ पौडेल, प्रतिष्ठानका महासचिव विजय चालिसे, प्रतिष्ठानका सदस्य मातृका पोखरेल लगायतले विकलको बहुआयामीक व्यक्तित्व तथा प्रतिष्ठानका गतिविधि बारे चर्चा गरेका थिए ।

www.dainiknepal.com बाट साभार 

-----------------------------------------------

कार्यक्रमको फेसबुक लाइभ

विकल स्मारिका

सरकारी कविता महोत्सवमा सधैं किचलो

 

पुरस्कार थाप्न अदालतसम्म मुद्दा





२७ मंसिर, २०७७ काठमाडौं । तत्कालीन राजा महेन्द्र वीरविक्रम शाह आफैं कुलपति बनेर विसं. २०१३ सालमा गठित नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा काम गर्ने सरकारी संस्था हो । गणतन्त्र स्थापनाछि कला, साहित्यको विकासका लागि तीनवटा प्रज्ञा प्रतिष्ठान गठन भए पनि नेपाली साहित्यको क्षेत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानले नै काम गर्दै आएको छ ।

‘राष्ट्रिय कविता महोत्सव’ प्रतिष्ठानको बहुचर्चित वार्षिक कार्यक्रम हो । २०२२ सालदेखि हुँदै आएको महोत्सवको २०७७ संस्करण यही मंसिर २९ गते हुँदैछ । प्रत्येक वर्ष असार ९ गते हुने महोत्सव यो वर्ष कोरोना महामारीका कारण ढिलो हुन लागेको हो ।

पाँच दशकभन्दा बढीको इतिहास बोकेको कविता महोत्सव, विगत एक दशकदेखि प्रत्येकपल्ट विवादमा तानिने गरेको छ । कतिपय विवाद त अदालती प्रक्रियामै गएर टुंगिएका छन् । झट्ट सुन्दा अनौठो लागे पनि कविताको विषयलाई लिएर जिल्ला तथा पुनरावेदन अदालतमा मुद्दा पुगेको घटना महोत्सवकै कारण सृजना भएको हो ।

२०७२ सालको कविता महोत्सवका प्रथम कवि प्रोल्लास सिन्धुलीयलाई  सहभागी कविता प्रकाशित भइसकेको भन्दै पुरस्कार दिइएन । त्यतिबेला पनि महाभूकम्पका कारण असारको कार्यक्रम सरेको थियो ।

सिन्धुलीय भन्छन्, ‘असार ९ भन्दा अगाडि मात्रै कविता छाप्न नपाइने प्रावधान थियो । मैले असार ९ पछि छापेको हुँ । यसैले अन्याय भएको महसुस गरेर न्यायालय गुहारें ।’

२०७५ सालको कविता महोत्सवका विजेता प्रोल्लास सिन्धुलीय (वायाँ)लगायत राष्ट्रपति विद्यादेवी भण्डारीसँग

अन्ततः चार वर्षपछि प्रतिष्ठानले मुद्दा हार्यो । हारेपछि प्रतिष्ठानले सिन्धुलीयलाई बोलाएर २०७६ मा राष्ट्रपतिको हातबाट पुरस्कार प्रदान गर्यो । यतिञ्जेल धेरै हैरानी खेपिसकेका सिन्धुलीयले सृजनात्मक अस्तित्वका लागि लामो संघर्ष गरे ।

अहिलेका चर्चित कवि एवं प्रज्ञा प्रतिष्ठानमा पूर्वप्राज्ञ श्रवण मुकारुङलाई पनि २०५३ सालको राष्ट्रिय कविता महोत्सवको पुरस्कार अहिलेसम्म दिइएको छैन ।

श्रवणको प्रथम भएको कविता तत्कालीन गरिमा मासिकमा प्रकाशित भइसकेको भन्दै प्रतिष्ठानले अहिलेसम्म पुरस्कार दिएको छैन । श्रवण पनि अहिले कविता महोत्सवको औचित्य क्षीण बन्दै गएको टिप्पणी गर्छन् ।

मुकारुङ भन्छन्, ‘राज्यले कविताका लागि भनेर महोत्सव गरे पनि पछिल्ला वर्षमा यसप्रति युवा वर्गको चासो घटेको छ । यसैले बदलिँदो परिवेशमा कविता महोत्सवको औचित्य कम हुँदैछ ।’

यस्तै सरिता तिवारी पनि कविता महोत्सवले कविताको क्षेत्रमा अनावश्यक विवाद सृजना गरेको बताउँछिन् । तिवारीका अनुसार प्रथम, द्वितीय र तृतीयमध्ये एक महिला हुनैपर्ने तथा जनजाति पुरस्कृत हुनैपर्ने कुराले धेरै विभाजन ल्याएको छ ।

यस्तै समीक्षक गुरुङ सुशान्त पनि प्रज्ञा प्रतिष्ठानको कविता महोत्सव राष्ट्रवादको छायामा परेको बताउँछन् । गुरुङका अनुसार स्वायत्त संस्था भनिए पनि प्रज्ञा प्रतिष्ठानहरूमा राज्यको बजेट र संरक्षणको प्रभाव परिरहेको हुन्छ । यसैले कविता महोत्सव राज्यको विचारको छाया पर्छ ।

तिवारी प्रश्न गर्छिन्, ‘के कुनै महोत्सवमा एकजना मात्र महिला पुरस्कृत हुनुपर्ने हो ? सबैजना महिला मात्रै वा राम्रो सृजना भएका पुरुषमात्रै पुरस्कृत हुन पाउँदैनन् ?’

कविता विधामा निरन्तर समीक्षा गर्दै आएका गुरुङ भन्छन्, ‘प्रज्ञा प्रतिष्ठानमा  स्वतन्त्र विचार बोकेका विद्रोही कविता कहिल्यै पुरस्कृत हुँदैन । त्यहाँ बालबालिकाले मेरो देश प्यारो छ भनेर लेखिने औसत कवितामात्र पुरस्कृत गरिन्छ ।’

पछिल्लो दश वर्षमा कविता महोत्सवको निर्णायकको निर्णय चित्त नबुझेर धेरै विवाद आएका छन् । यसबाहेक निर्णायकले आफूले चिनेजानेको मानिसलाई मात्र पुरस्कृत गर्ने आरोप लाग्दै आएको छ

कवि केशव सिलवाल पनि राष्ट्रिय कविता महोत्सवको प्रभाव घटेकाले फरक शैलीमा कविताको कार्यक्रम गर्नुपर्ने मत राख्छन् । उनका अनुसार प्रज्ञा प्रतिष्ठानले ‘एन्टी–करेन्ट’ धारका कवितालाई सम्बोधन गर्न सकेको छैन ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वआख्यान विभाग प्रमुख रहेका मातृका पोखरेल पनि गुरुङको कुरामा सहमति जनाउँछन् । पोखरेल भन्छन्, ‘महोत्सव हटाएर प्रदेश स्तरीय कविता कार्यक्रम, गोष्ठी र तालिम गर्दा फलदायी हुन्छ भनेर आवाज उठाएका थियौं ।’

पोखरेलले आफ्नो कार्यकालमा कविता महोत्सव हटाउन खोजेको प्रष्ट्याए । तर, संस्थापन पक्षमा समर्थन गर्ने प्रज्ञा प्रतिष्ठानको नेतृत्वले यो कुरा नसुनेको पोखरेलको तीतो अनुभव छ । पोखरेलको कार्यकालमा डा. अमर गिरी काव्य विभाग प्रमुख थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठान कुलपति डा. गंगाप्रसाद उप्रेती भने कविता महोत्सवको लामो विरासत रहेकाले यसले युवा प्रतिभालाई कविका रुपमा स्थापित गर्ने बताउँछन् । बजारमा हल्ला चलेजस्तो प्रतियोगितामा सौदाबाजी नभएको उप्रेती दाबी गर्छन् ।

कुलपति उप्रेती महोत्सव बन्द गर्न नहुने पक्षमा रहेका छन्  । यद्यपि, उनी नै प्रज्ञा प्रतिष्ठानको नेतृत्वमा रहेको एक दशकदेखि भएका अधिकांश कविता महोत्सवमा तीव्र विवाद आएका छन् ।

के–के हुन् विवाद ?

पछिल्लो दश वर्षमा कविता महोत्सवको निर्णायकको निर्णय चित्त नबुझेर धेरै विवाद आएका छन् । यसबाहेक निर्णायकले आफूले चिनेजानेको मानिसलाई मात्र पुरस्कृत गर्ने आरोप लाग्दै आएको छ ।

‘जो कवि कविता महोत्सबको निर्णायकको पाउमा पर्छ, ऊमात्र प्रथम हुने गरेको पीडा मसँग छ’, नाम नबताउने शर्तमा एक कविले अनलाइनखबरलाई खुलाइन् । उनले कविता महोत्सवका निर्णायकले महिलाका कवितालाई निकै विभेद गर्ने गरेको बताइन् । उनका अनुसार जो महिला कविता निर्णायकहरूको निकट भइरहन सक्छन् उनीहरू नै पुरस्कृत भएका उदाहरण छन् ।

यसबाहेक प्रकाशित भइसकेका कविता लुकाएर प्रथम बनाउने, जातीय तथा क्षेत्रीय आधारमा पुरस्कृत गर्ने र कतिपय अवस्थामा नगद प्रलोभनमा समेत परेर कविता महोत्सवको निर्णय गर्ने आरोप लागेको छ ।

महोत्सवमा काठमाडौं नै बसेर प्रभावशाली मिडियामा काम गर्ने पत्रकार, साहित्यिक संस्था खोलेर बसेकाहरू र प्राज्ञसँग दोस्ती भएकाहरु नै कविता महोत्सवमा पुरस्कृत हुने गरेको देखिन्छ ।

लामो समय प्रज्ञा प्रतिष्ठानका कविता महोत्सवमा निर्णायक रहेका प्राध्यापक अभी सुवेदी निर्णायकहरूको कमजोरीलाई नै विवादको प्रमुख कारक मान्छन् । यद्यपि, सुवेदीले कविता महोत्सवको निर्णायक नबनेको तीस वर्षभन्दा बढी भइसकेको छ ।

सुवेदी भन्छन्, ‘हामीले पुरस्कृत गरेका कविहरू आज जनस्तरबाट समेत लोकप्रिय कवि सिद्ध भइसकेका छन् । यसैले निर्णायकले दीर्घकालीन प्रभाव ख्याल गरेर विजेता घोषणा गर्नुपर्छ ।’

प्रज्ञा प्रतिष्ठानले आफ्नो वार्षिक उत्सवको अवसरमा प्रत्येक वर्ष असार ९ गते आयोजना गर्ने ‘राष्ट्रिय कविता महोत्सव’मा देशैभरिका नेपाली भाषामा लेखिएका कविताले भाग लिन पाउँछन् ।

२०२२ सालदेखि सुरु भएको प्रतियोगितामा विजेता कविहरूले आकर्षक नगद पुरस्कार तथा राष्ट्र प्रमुखबाट सम्मान पाउँछन् । अहिले प्रथम हुनेलाई ५० हजार रुपैयाँ, द्वितीयलाई ३० र तृतीयलाई २० हजार नगद दिइने गरिन्छ ।

महोत्सवको प्रथम संस्करणमा भैरव अर्याल प्रथम भएका थिए । अहिलेका चर्चित कविहरू कालीप्रसाद रिजाल, रमेश क्षितिज, नवराज लम्साल, दिनेश अधिकारी, बुद्धिसागर, सरुभक्त पनि राष्ट्रिय कविता महोत्सवमा प्रथम भइसकेका छन् ।

कविता विभाग प्रमुख भन्छन्– हावाको भरमा कुरा गरेर हुँदैन

कविता महोत्सवसँग प्रत्यक्ष संलग्न हुने निकाय नेपाल प्रज्ञा प्रतिष्ठानको काव्य विभाग हो । उक्त काव्य विभागको प्रमुख नै कविता महोत्सवको हर्ताकर्ता व्यक्ति मानिन्छन् ।

अहिले प्राध्यापक डा. हेमनाथ पौडेल काव्य विभाग प्रमुख छन् । यो उनको नेतृत्वमा भएको दोस्रो वर्षको कविता महोत्सव हो ।  डा. पौडेलसँग हामीले कविता महोत्सवमा आउने निरन्तरको विवाद र प्रतिष्ठानमाथिका आरोपबारे प्रश्न सोधेका छौं :

डा. हेमनाथ पौडेल, काव्य विभाग प्रमुख

कविता महोत्सव सधैं किन विवादमा तानिन्छ ?

यहाँ म आएको दुई वर्ष भयो, यसभन्दा अघि के भयो म भन्न सक्दिनँ । अहिले कविता महोत्सवमा विवाद छैन । महोत्सवमाथिका कुरा बजारमा प्रोल्लास सिन्धुलीय वा अर्को कुनै एकजनाले भनेर हुँदैन । पछिल्लो समय खुल्ला समाजको प्रभाव भएकाले विवाद त हुन्छ नै । हावाको भरमा नचाहिने कुरा गरेर हुँदैन । पुष्टि गर्नुपर्यो !

विवाद आउने यस्तो कविता महोत्सव बन्द गर्न मिल्दैन ?

इतिहास बोकेको कार्यक्रम किन बन्द गर्ने ? विरोधीले विरोध गरे भनेर बन्द गर्ने कुरा आउँदैन । आज नाम चलेका दर्जनौं कविहरू हिजो यही महोत्सवबाट पुरस्कृत भएका हुन् । यसैले यो वर्ष हामीले कविता महोत्सव विशेषांक किताब नै निकाल्न लागेका  छौं । त्यहाँ कविता महोत्सवको सबै इतिहाससहित विजेता कविहको कविताहरू समावेश गरेका छौं ।

महोत्सवमा कविताको मूल्यांकनचाहिँ कसरी गरिन्छ ?

एकेडेमीले विज्ञ कमिटी बनाएको हुन्छ । त्यहाँ रहेका तीनजना  निर्णायकबाट आएको नम्बर जोडेर कविताको मूल्यांकन गरिन्छ । निर्णायकलाई दिइने कवितामा कविको नाम हुँदैन, हस्तलिपी हुँदैन ।  हामीले कविताको अन्तरवस्तु, रुप, भाव,  विचारजस्ता सैद्धान्तिक पक्ष हरेर मूल्यांकन गर्छौं ।

हिजो राजाका पालामा कविताको शीर्षक दिएर लेख्न लगाइन्थ्यो । अहिले त्यस्तो बन्धन छैन । अहिले त वाचनको पनि १० नम्बर राख्ने गरेका छौं । पहिला यसरी बहुआयामिक ढंगमा मूल्यांकन  गरिँदैनथ्यो । हामीले अहिले भने वैज्ञानिक पक्षबाट मूल्यांकन गर्न खोजेका छौं ।

महोत्सवमा कविता पुरस्कृत हुन त्यसले राष्ट्रवादको पक्षपोषण गरेको हुनैपर्ने हो ? फरक विचारका कविताले यहाँ स्थान पाउँदैन ?

यो सरासर गलत कुरा हो । हामीलाई प्राप्त हुने कवितामा कुनै जाति भाषा, संस्कृति, लिंग, समुदायलाई आक्षेप लागेको हुनु हुँदैन । यो राज्यको संस्था भएकाले यी कुरा बर्जित छ । कुनै भूगोल, जाति, समुदाय हेरेर कविताको मूल्यांकन हुँदैन । प्रतिष्ठानले छन्द वा गद्य पनि हेर्दैन । कवित्व पक्ष के छ भन्नेमात्र हेर्छ ।

महोत्सवको सट्टा बृहत् कवि गोष्ठी, तालिम, कवितास्रंग्रह प्रकाशन गर्न मिल्दैन ?

हाम्रो देशमा कविको संख्या नै ५० हजारभन्दा बढी पुगिसक्यो । सबैको कृति छाप्न त सकिँदैन । यहाँ त अध्ययन–अनुसन्धान भएका कृति छापिन्छन् । रचनाका संकलनहरू छापिन्छन् । अहिले पनि प्रादेशिक साहित्यको इतिहास, कविताको इतिहास लेखाइराखेका छौं ।

www.onlinekhabar.com बाट साभार