Saturday, February 15, 2020

स्रष्टा पदयात्रा सम्पन्न

चालीस महिनादेखि निरन्तर चल्दै आएको स्रष्टा पदयात्रा यही २०७६ साल फागुन तीन गते सम्पन्न भएको छ । अर्को महिनाको लागि दामनदेखि शीखरक‍ोट १३ किमि पदयात्रा गर्ने तय भएको छ । ४० औं यात्रामा स्रष्टा पदयात्री शीतल गिरी, विमल अर्याल, शारदा पराजुली, वसन्त रिजाल, परसुराम परासर, प्रा.डा.ध्रुव घिमिरे, लक्ष्मीराम दंगाल, लिलाराज दाहाल, डिल्लीराज अर्याल, नवराज रिजाल, शान्ति सापकोटा, मन्दिरा मधुश्री, डिल्लीरमण सुवेदी, राममणी दुवाडी, डा.नेत्र एटम, डा.धनप्रसाद सुवेदी र मातृका पोखरेल समेत १७ जना जम्मा भएर साझा बसमा चढेर गोदावरीमा पुग्यौं । त्यहाँ चिया र केक खाइवरी इसीमोडको बाटो भएर पुरानो बस्तीमा पुगेर पूर्वतर्फको बाटो भएर जंगलमा प्रवेश गरेका थियौं । जंगलको बाटो उकालो थियो, कहिले गोरेटो त कहिले बन्दै गरेको कच्ची बाटो भएर आपसमा गफीदै चापाखर्क पुगेका थियौं । अनी चापाखर्कलाई पछाडी पार्दै जंगलको बाटो भएर पूर्व लागेका थियौं । खानी गाउँको सीरानमा घमाइलो चउरमा बसेर हामीले भोजन गरेका थियौं । यात्रा अवधी भरी बाटोमा कहिले सुन्तला, कहिले पुष्टकारी, कहिले चकलेट, कहिले ममफली, कहिले खाप्से खादै उकालो उक्लीदै, आरालो ओर्लदै, बाटो हिडदै गरेका थियौं । बाटामा हामीले तिमल्सीना र तामाङ बस्ती भेट्टाएका थियौं । आहा गहुको बाला झुलेको, पाखा वारीभरी लामा पात भएका कलिला रायोको साग देखेका थियौं । पशुपालन फस्टाएको पायौं र केही घरमा मकैको रक्सी बनाउँदै गरेको पनि देखीयो । गाउँ घरमा पानी घट्ट अझै लोप भइसकेको रहेनछ । हामी खानीगाउँमा पुगेपछी पूर्वतर्फ लाग्ने गोरेटो बाटो भएर ओरालो ओर्लदै मानेदोभानमा पुग्यौं । त्यहाँबाट पनौती एघार किलो मिटर रहेछ, पातलै भएपनि बसको सुबिधा छ । अनी सूर्यविनायक ९ किलोमिटर टाढा रहेको जानकारी पायौं । पनौतीमा घुम्नु पर्ने, अवलोकन गर्नु पर्ने धेरै कुरो रहेको र समय अभावको कारण घुम्न र अध्ययन गर्न नपाइने हुँदा त्यहाँको लागि पछि विशेष कार्यक्रम बनाएर आउने निधो गरेर हामी रयाले हुदै सूर्यविनायक तर्फ २.३० बजे प्रस्थान गरेका थियौं । रयाले, रानीकोट, ध्याम्पेडाडा भएर सूर्यविनायक चोकमा आयौं । यसपटकको यात्रा २१ किलोमिटर पहाडी बाटो हिडीएकोले यात्राको प्रयाप्त आनन्द बटुल्न सकेको अनूभुती गर्न पायौं । यतीमात्र कहाँ हो र घरमा मकै राखेको दृश्य पनि आकर्षक थियो । अर्गानीक मकै, साग र ठोस्ने केही पदयात्रीको भान्सम्म पुग्न पायो यो पनि उपलब्धी नै हो । गाउँ घर पुगेर त्यहीको स्थानीय सामग्री ल्याउन पदयात्रा नगर्ने हो भने कहाँ पाउँनु ?

























No comments:

Post a Comment